आगलागी पीडितका घरमै पुगेर राहत रकमको चेक हस्तान्तरण गर्दै मन्त्री गुरुङ — OSNepal

आगलागी पीडितका घरमै पुगेर राहत रकमको चेक हस्तान्तरण गर्दै मन्त्री गुरुङ

LC (KTM) May 20, 2021 0

ओखलढुङ्गा, ६ जेठ- प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ बिहीबार ओखलढुङ्गाको मोलुङ गाउँपालिका–१, डुलडुलेका आगलागी पीडितका घरमै पुगेर राहत रकमको चेक हस्तान्तरण गर्दै ।

मन्त्री गुरुङले प्रदेश सरकारको तर्फबाट पाँच परिवारलाई ५० हजारका दरले रु दुई लाख ५० हजार र आफ्नो व्यक्तिगत तर्फबाट प्रतिपरिवार २५ हजारका दरले रु एक लाख २५ हजार राहत उपलब्ध गराउनुभएको छ । मन्त्री गुरुङ चम्पादेवीको बाढी पहिरो प्रभावित र मोलुङ गाउँपालिकाका अग्नि पीडितलाई सान्त्वना दिन राहत लिएर स्थलगत निरीक्षणमा पुग्नुभएको हो । तस्बिर ः पूर्णप्रसाद न्यौपाने÷(रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर