१ हजार ४८६मा कोरोना संक्रमण हुँदा १६ जनाको मृत्यु — OSNepal

१ हजार ४८६मा कोरोना संक्रमण हुँदा १६ जनाको मृत्यु

LC (KTM) September 13, 2021 0

काठमाडौँ २८ भदौ । पछिल्लो २४ घण्टामा देशभर गरिएको परिक्षणबाट १ हजार ४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसै गरी पछिल्लो २४ घण्टामा १ हजार २६० संक्रमणमुक्त भएका छन् । १६ जना संक्रमतिको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर