धनगढीबाट महेन्द्रनगर आउदै गरेको बसमा छुटेका तिलहरी, सुनका बाला र औँठी यात्रु तारालाई बुझाइयो — OSNepal

धनगढीबाट महेन्द्रनगर आउदै गरेको बसमा छुटेका तिलहरी, सुनका बाला र औँठी यात्रु तारालाई बुझाइयो

LC (KTM) September 13, 2021 0

धनगढीदेखि महेन्द्रनगर आउने क्रममा से १ ज ८६३ नम्बरको यात्रुबाहक गाडीमा छुटेका सुनका गहना आज यात्रुलाई बुझाइएको छ ।

भीमदत्त नगरपालिका– १८ बागफाँटा बस्ने वर्ष २३ का तारा विकले गाडीमा यात्रा गर्ने क्रममा सुनका गहना छुटाउनुभएको थियो । छुटेका गहना गाडी चालकले फेला पारी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । प्रहरी कार्यालयमा बुझाएका गहना गाडी चालक दानबहादुर ऐरमार्फत विकलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयो ।

बुझाइएका सुनका गहनामा छडके तिलहरी एक थान, सुनका बाला दुई थान, चन्द्रमा एक थान र आँैठी दुई थान रहेका छन् । गहनासँगै रहेको नगद रकम रु एक हजार समेत विकलाई बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर