काठमाडौँ २८ भदौ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बैठक सुरु भएको छ ।
संसदमा अवरोध भएको भन्दै त्यसको समाधान गर्न आजको सर्वदलीय बैठक सभामुखले बोलाएका हुन् । बैठकमा संसदमा विरोध गर्दै आएका नेकपा एमालेका प्रतिनिभि भने सहभागी भएका छन् ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपालालई बोलाउने बैठकमा आफुहरु नआउने बताएका थिए ।
एमालेको र सभामुखबिचको समस्यालाई लिएर सर्वदलीय बैठक बोलाएको भन्दै बैठकमा सहभागी नहुने जनाएको हो ।