प्रहरीले आफ्नो आत्मरक्षाको लागि चलायो तिन राउण्ड गोली — OSNepal

प्रहरीले आफ्नो आत्मरक्षाको लागि चलायो तिन राउण्ड गोली

LC (KTM) September 13, 2021 0

काठमाडौं २८ भदौ । पर्सामा काठ तस्कारलाई प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ ।

अवैध रुपमा रुख कटान गरी सालको गोलिया मोटरसाइकलमा राखेर ल्याउँदै गरेका तस्कर समूहलाई नियन्त्रणमा लिन खोज्ने क्रममा प्रहरीले हवाई फायर गरेको हो ।

पटेर्वासुगौली गाउँपालिकाको फरहदवा नजिक पर्ने जंगलमा चार वटा मोटरसाइकलमा सवार आठ जना तस्कर समूहले पाँच जना प्रहरी टोलीमाथि नै आक्रमण गर्दा प्रहरीले आफ्नो आत्मरक्षाको लागि नौ एमएमको पेस्तोलबाट तीन राउण्ड हवाइ फायर गरेको हो ।

आज बिहान साढे चार बजे तस्कर समूहलाई नियन्त्रणमा दिन खोज्दा प्रहरीले गोली चलाएको हो । प्रहरीले बीआर२२एफ ४१०८ र ना४०प ९३९६ नम्बरको मोटरसाइकलसहित दुई थान गोलिया काठ बरामद गरेको छ भने तस्कर भने फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सा दिएको जानकारी अनुसार उनीहरुको खोजी कार्य भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर