१० दिने भ्रमण विदा माग गर्दै १० दिने भ्रमण विदा, अर्थमन्त्रीलाई बुझाए ज्ञापन — OSNepal

१० दिने भ्रमण विदा माग गर्दै १० दिने भ्रमण विदा, अर्थमन्त्रीलाई बुझाए ज्ञापन

LC (KTM) September 13, 2021 0

काठमाडौं, २८ भदौ- विश्वविद्यालयका प्राध्यापक, कर्मचारीले पनि भ्रमण काज (विदा) माग गरेका छन् । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ बाट निजामती कर्मचारीलाई वार्षिक १० दिन भ्रमण काजको व्यवस्था गरे पनि शिक्षकलाई यो सुविधा छैन ।

तर, नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय राष्ट्रिय समितिले अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाउदै विश्वविद्यालयका कर्मचारी तथा प्राध्यापकलाई पनि १० दिने भ्रमण काज र बिमा सुविधाको माग गरेको हो ।

समितिका अध्यक्ष दीपक तिवारीले अर्थमन्त्री शर्मालाई पेस गरेको ज्ञापनमा उपदान कोषका बारेमा आवश्यक नीतिगत निर्णय गर्दै निवृत्तभरण कोष ऐन-२०७५ लागू हुनु अघिका शिक्षक, कर्मचारीलाई पेन्सन र उक्त ऐन लागू भए पश्चात् नियुक्त भएका शिक्षक, कर्मचारीका हकमा योगदानमा आधारित निवृत्तभरण कोष ऐन अनुरुपको नीति लागू हुने व्यवस्था गर्न माग गरिएको छ ।
महासचिव लोकेन्द्र आरसीका अनुसार विश्वविद्यालयमा विभिन्न सेवा र समूहमा कार्यरत कर्मचारीका लागि सेवा प्रवेश तथा सेवाकालीन वृत्ति विकास र सेवामा गुणस्तरीयता कायम गर्नका लागि छुट्टै प्रशिक्षण प्रतिष्ठानको स्थापनाको माग गरिएको छ ।

श्रेणीविहीन कर्मचारीलाई ज्यालादारी र करारमा मात्रै राख्ने नीतिगत निर्णयलाई संशोधन गरी स्थायी सेवामा पनि भर्ना लिने व्यवस्था थप गर्नुपर्ने कुरा माग पनि अर्थमन्त्रीसमक्ष राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर