अस्तव्यस्त फोहोर व्यवस्थापन तथा छाडा चौपाया नियन्त्रण गर्न माग — OSNepal

अस्तव्यस्त फोहोर व्यवस्थापन तथा छाडा चौपाया नियन्त्रण गर्न माग

LC (KTM) September 13, 2021 0

राजविराज, २८ भदौ – राजविराज नगरका युवाले लामो समयदेखि अस्तव्यस्त रहेको नगरको सडक अबस्था, फोहोर व्यवस्थापन तथा छाडा चौपाया नियन्त्रण गर्न माग गरेका छन् । नगर प्रमुख शम्भुप्रसाद यादवलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले फोहरले नगरको सौन्दर्य नै हराएको जनाउँदै तत्काल सम्बोधन गर्न आग्रह गरेका हुन् ।

सो अवसरमा नगरप्रमुख यादवले नगर सुन्दर बनाउने अभियानमा नगरपालिका सधै साथमा रहेको बताउनुभयो । पछिल्लो समय नगर क्षेत्रमा सुँगुर, कुकुर र गाईगोरुको छाडापनका कारण नगरवासी हैरानी खेप्न बाध्य भएका छन् । नगरपालिका करिब ६० बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । नगरपालिकाले विगत आठ वर्षदेखि प्रत्येक नगर परिषद्मा डम्पिङ साइटको व्यवस्था गर्ने कुरा उठाउँदै आएको छ तर अझैसम्म कार्यान्वयन नहुँदा नगर क्षेत्रको फोहोर व्यवस्थापन चुनौती बनेको छ । फोहोर फाल्ने ठाउँ अभावका कारण होटल, तरकारी लगायत अन्य पसलको फोहोर सडकमै थुप्रिएका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर