हुण्डी कारोबारी आसिफको हेल्मेटभित्र पाँच लाख रुपैयाँ भेटिएपछि... — OSNepal

हुण्डी कारोबारी आसिफको हेल्मेटभित्र पाँच लाख रुपैयाँ भेटिएपछि…

LC (KTM) September 13, 2021 0

काठमाडौं, २८ भदौ-पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक जनालाई पाँच लाख रुपैयाँसहित पक्राउ गरेको छ ।प्रहरी चौकी इनर्वा पर्साले वीरगञ्ज महानगरपालिका(१६ शंकराचार्य गेटमा ४३ वर्षीय महमद आसिफ अन्सारीलाई पक्राउ गरेको हो ।

टोलीले भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.२५ प ८७६२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।

वीरगञ्जका अन्सारीले हेल्मेटभित्र पाँच लाख रुपैयाँ लुकाएको पाइएको प्रहरीको दाबी छ । उनीविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर