सलाहको प्रिमियर लिगमा १०० गोल पूरा , आजको खेलमा लिभरपुल को सहज जित — OSNepal

सलाहको प्रिमियर लिगमा १०० गोल पूरा , आजको खेलमा लिभरपुल को सहज जित

LC (KTM) September 12, 2021 0

लिभर पुलले इंग्लिस प्रिमियर लिग फुटबलको आज सम्पन्न खेलमा जित निकालेको छ । आज राति भएको खेलमा लिभरपुलले लिड्स युनाईटेडलाई शुन्यका बिरुद्ध तीन गोलले पछि पार्दै जित निकालेको हो ।

लिभरपुललाई सहज दिलाउने क्रममा स्टार खेलाडी मोहमद सलाह, फाबिन्हो र साडियो मानेले एक एक गोलको योगदान दिए ।
लिड्सको मैदानमा खेलको २० औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए ।

उनको यो गोलले भने अर्काे किर्तिमान राखेको छ । यससँगै सलाहले प्रिमियर लिगमा १०० गोल पूरा समेत गरेका छन् । आजको यो जित संगै लिभरपुलले ४ खेलमा १० अंक जोड्न सफल भएको छ । लिभरपुल लिग तालिकाको तेस्रो स्थानमा रहेको छ । लिड्स भने २ अंक जोड्दै तालिकाको १७ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर