एमसीसीको टोली नेपालमा उच्च भेटघाट गरेर स्वदेश फर्कियो , के अब लागु होला त एमसीसी ? — OSNepal

एमसीसीको टोली नेपालमा उच्च भेटघाट गरेर स्वदेश फर्कियो , के अब लागु होला त एमसीसी ?

LC (KTM) September 12, 2021 0

नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी लागु गराउनका लागि वातावरण मिलाउन आएको एमसीसी उपाध्यक्ष फतिमा सुमारसहितको टोली स्वदेश फर्किएको छ । नेपाल भ्रमण पूरा गरी टोली आज साँझ अमेरिका नै फर्किएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले उपाध्यक्ष सुमारसहितको टोली आइतबार साँझ अमेरिका फर्किएको जनाएको छ। उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले नेपालमा बिभिन्न राजनितीक दलका प्रमुख संग भेटघाट गरेर एमसीसी पास गर्न सुझाव दिएको थियो ।

उक्त टोलीले एमाले अध्यक्ष केपी शर्मा ओली , नेकपा एसका अध्यक्ष माधव नेपाल , नेकपा एकिकृतका अध्यक्ष पुष्पकमल दाहाल संग पहिलो चरणमा भेटघाट गरेको थियो ।

त्यस्तै टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गरेको थियो । नेपालमा एमसीसी सम्बन्धि भ्रम रहेको भन्दै यो सहयोग लिन उक्त टोलीले सबैलाई अनुरोध गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर