रोहीतको आत्मघाती गोलको उपहारले जकार्ता बराबरीमा रोकियो — OSNepal

रोहीतको आत्मघाती गोलको उपहारले जकार्ता बराबरीमा रोकियो

LC (KTM) September 12, 2021 0

बिदेशी लिगमा आफ्नो छबि राम्रो बनाएका नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्दलाई आज भने झट्का लागेको छ । उनकै आत्मघाती गोलको उपहारका कारण उनको टिम पर्सिजा जकार्ताले ईन्डोनेसियाको लिग वान फुटबलमा बराबरी खेलेको छ ।

आज भएको खेलमा जकार्ता लाई पीएसआईएस ले दुई दुई गोलको बराबरी रोक्न सफल भएको हो । बराबरी संगै दुबै टिमले अंक बाँडेका छन् । जकार्ताले सुरुवाती चरणमा बनाएको दुई गोलको अग्रता जोगाउन सकेन । पहिलो हाफको इन्जुरी समयमा ओटाभियो दुत्राले गोल गर्दै जकार्तालाई अग्रता दिलाएका थिए ।

तर पछि हरि नुर युलियान्टोले गोल गर्दै पीएसआईएसलाई दुई एकको को स्थितिमा ल्याएका थिए । तर अन्तिममा रोहितले आत्मघाती गोलको उपहार दिए संगै जकार्ता बराबरीको स्थितीमा रोकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर