नेम्वाङले भने - जबसम्म माधव नेपालसहित १४ जनालाई कारवाही गरेको सूचना टाँसिदैन तबसम्म संसद अवरुद्ध हुन्छ — OSNepal

नेम्वाङले भने – जबसम्म माधव नेपालसहित १४ जनालाई कारवाही गरेको सूचना टाँसिदैन तबसम्म संसद अवरुद्ध हुन्छ

LC (KTM) September 12, 2021 0

काठमाडौँ २७ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवाष नेम्वाङले संसद सचिवालयमा जबसम्म १४ जना सांसदलाई कारवाही गरेको सुचना टाँसिदैन तबसम्म संसद अवरुद्ध हुने स्पष्ट पारेका छन् ।

आज आइतबार संसद भवनबाट बाहिरिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पार्टीलाई भेदभाव गरेको आरोप लगाएका उनले भने, ‘संसद बैठक अवरुद्ध हुने यो स्थितिलाई कहिलेसम्म कायम राख्नुहुन्छ ? कहिलेसम्म हामीप्रति भेदभाव भइरहेको छ, त्यो भेदभावको स्थिति कहिले अन्त्य हुन्छ भनेर प्रतिपक्षले महसुस गर्ने कहिलेसम्म हो ? यस्तो भइरहँदा सत्तापक्ष र सभामुखले अहिलेसम्म कुरा नगरिकन, छलफल नगरिकन बसी राख्न सक्नु हुन्छ ?’

माधव नेपाल सहित १४ जना सांसदलाई पार्टीले गरेको कारवाहीलाई सभामुखले संसद सचिवालयमा सुचना नटाँसेको भन्दै बुधबार बाट सुरु भएको संसद बैठकमा एमालेले निरन्तर अवरुद्ध गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर