पहिलो हाफमा नेपाल र बंगलादेश गोल रहित बराबरीमा , के आज सबिता र प्रीति चम्किएलान त ? — OSNepal

पहिलो हाफमा नेपाल र बंगलादेश गोल रहित बराबरीमा , के आज सबिता र प्रीति चम्किएलान त ?

LC (KTM) September 12, 2021 0

नेपाली राष्ट्रिय महिला फुटबल टिम र बंगलादेश बीचको दोस्रो मैत्रीपूर्ण खेल अहिले जारी रहेको छ । पहिलो खेल जितेको नेपाल आज पनि जित हात पार्ने उदेश्यका साथ मैदान छिरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिएको छ ।

पहिलो हाफमा दुबै टोलीले कुनै पनि गोल गर्न सकेका छैनन् । पहिलो हाफ दुबै टोलीले गोल गर्ने धेरै अवसरहरु खेर फालेका छन् । बंगलादेशले आज आफ्नो खेलमा सुधार ल्याएको छ । बंगलादेश नेपाल संग निक्कै आक्रमक रुपमा प्रस्तुत भइरहे पनि गोल गर्न सकेको छैन । नेपालले पनि पहिलो हाफमा गोल गर्ने अवसर बाट चुकेको छ ।

नेपालले बिहीबार भएको पहिलो खेलमा दुई एक गोल अन्तरको जित निकालेको थियो । नेपालको जितका लागि डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक एक गोलको योगदान दिएका थिए । एएफसी महिला एसियन कप २०२२ छनोटका लागि नेपालले मैत्रीपुर्ण खेल खेलिरहेको हो । एसियन कप २०२२ उज्वेकिस्तानमा आयोजना हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर