लामो समयपछि हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकामा रहेका संस्थागत तथा सामुदायिक विद्यालय आइतबारबाट सञ्चालनमा आएका छन् । भौतिक उपस्थितिमा पठनपाठन गर्दै विद्यार्थी ।
नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक र मर्यादित बनाउन आवश्यक सञ्चारसम्बन्धी कानून निर्माण गर्नुपर्नेमा जोड दिँदै त्यस्ता कानून बनाउँदा सम्बन्धित पक्षले महासङ्घको परामर्श लिनुपर्ने बताउनुभयो ।
महासङ्घका केन्द्रीय सदस्य एवं काठमाडौँ शाखाका पूर्वअध्यक्ष शान्तराम बिडारीले स–साना लगानीमा सञ्चालन भएका स्वरोजगारमुखी सञ्चारगृहको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताउँदै श्रमजीवी पत्रकारको अधिकारलाई सुनिश्चित बनाउन एकताबद्ध हुन खाँचो रहेको र उनीहरुको सदस्यता सुदृढीकरण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
निर्वाचन समितिका संयोजक ईश्वरी वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका अध्यक्ष सूर्य सुवेदीले कोभिड–१९ को महामारीले धेरै सञ्चारकर्मी पेशाबाट विस्थापित हुनुपर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गर्नुभयो । महासङ्घका पूर्वकेन्द्रीय सदस्य रामहरि सिलवालले पत्रकारिता क्षेत्रको विकासका लागि काठमाडौँ शाखाले विभिन्न समयमा सञ्चालन गरेका रचनात्मक गतिविधिको सराहना गर्नुभयो ।