महिला स्वयंसेविकाकालाई स्थानीय सरकारद्धारा सम्मान — OSNepal

महिला स्वयंसेविकाकालाई स्थानीय सरकारद्धारा सम्मान

LC (KTM) September 12, 2021 0

नेपालमा कार्यरत स्वास्थ्य स्यंसेविकाहरुको समस्या सरकारले कहिले संबोधन नगरेको गुनासो बढि रहदा ३३ बर्षअघि देखि कार्यरत इटहरीका तीनजना महिला स्वयंसेविकाकालाई इटहरी उपमहानगरपालिकाले सम्मान सहित विदाई गरेको छ ।

६० बर्षे उमेरहदका कारण विष्णुतारा नेपाली,गंगादेवि नेपाल र गंगीया सरदारलाई सम्मान सहित उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले विदाई गरेका हुन् । ग्रामीण भेगमा अझै पनि स्वास्थ्य स्वयंसेविकाहरुले आफ्नो काम गरि रहेका छन् । उनीहरु जनताको घरदैलो मै पुगेर स्वास्थ्य सम्बन्धि परामर्श दिने गर्छन् ।

यसैले उनीहरुलाई स्थानीय सरकारले सम्मान गर्नुपर्ने चौधरीले बताए । तीनै जनालाई ३० हजार रकम प्रोत्साहन भत्ता सहित विदाई गरिएको हो । विदाई कार्यक्रममा प्रमुख चौधरीले उहाँहरुले स्वास्थ्यक्षेत्रमा पुरयाएको योगदानको उच्च प्रशंशा गरेका थिए ।

उनले भने “राष्ट्र निर्माणका लागि स्वस्थ्य जनशक्तिको आवश्यकता पर्छ,स्वस्थ्य जनशक्ति निर्माणमा उहाँहरुको भूमिका प्रशंशनीय छ ।”इटहरीमा अहिले पनि १ सय ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाले सेवा प्रदान गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर