काठमाडौं २७ भदौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले एमसीसी सम्झौता अनुमोदन गर्न ढिलो भएको बताएकी छन् ।
आज आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालको संसदबाट अनुमोदन हुन ढिलो भइसकेको प्रतिक्रिया दिएकी हुन् ।
दुई वर्ष अघि हुनुपर्ने अनुमोदन सम्झौता अझै नभएको भन्दै सुमारले यस विषयमा नेपालको संसदले चाँडो निष्कर्ष निकाल्नुपर्ने बताएकी हुन् ।