चितवन राष्ट्रिय निकुञ्जमा पोथी अर्ना मृत अवस्थामा फेला,मृत्युको कारण अझै खुल्न सकेन — OSNepal

चितवन राष्ट्रिय निकुञ्जमा पोथी अर्ना मृत अवस्थामा फेला,मृत्युको कारण अझै खुल्न सकेन

LC (KTM) September 12, 2021 0

चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुरस्थित खुला खोरमा राखिएको एउटा अर्ना मृत अवस्थामा फेला परेको छ । मृत्युको कारण खुल्न सकेको छैन । निकुञ्जले जारी गरेको सूचनामा शुक्रबार पोथी बयस्क अर्ना मृत फेला परेको उल्लेख छ । सोही खोरमा अन्दाजी दुई दिन अगाडि जन्मिएको अर्नासमेत फेला परेको छ ।

खोरमा १२ अर्ना थिए । यस निकुञ्जमा १२ कोशी टप्पु वन्यजन्तु आरक्षबाट र ३ चिडियाखानाबाट स्थानान्तरण गरी जम्मा १५ वटा अर्ना ल्याईएको थियो । यहांँ ल्याएपछि ७ वटा बच्चा जन्मिएका छन् । विभिन्न कारणले १० अर्ना मरेका कारण १२ वटा अर्ना मात्र बांँकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर