काठमाडौँ २७ भदौ । पटक पटकको अवरोध पछि प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित गरिएको छ ।
आज आइतबार बैठक सुरु भएसँगै प्रतिपक्ष नेकपा एमालेले अवरुद्ध गरेपछि बैठक मंगलबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले आज र भोली दलहरु बिच सहमति जुटाउने प्रयास गर्ने भन्दै बैठक २ढ गते सम्मको लागि स्थगित गरिएको हो ।