काठमाडौं-नवविवाहित दम्पतीले आफ्नो वैवाहिक फोटोसुटका लागि भीरको टुप्पामा पोज दिएका छन् । ‘वेडिङ फोटोशुट’का क्रममा १९०० फिट उचाइमा बेहुलीले श्रीमानको हात अचानक छाडिदिएको डर लाग्दो दृष्य क्यामरामा
कैद भएको छ । यद्यपि अर्को एउटा फोटोमा उनले सेफ्टी रोप लगाएको खुलासा भएको छ ।
भीरको टुप्पामा पोज दिइराखेको तस्विर सामाजिक संजालमा भाइरल बनेको छ । कोभिड का कारण आफ्नो विवाह भव्य बनाउन नपाएपछि उनीहरुले यो साहसिक तरिका रोजेका हुन् ।
अमेरिकाको अर्कन्सास राज्यको माउन्टेन होमका ३० वर्षका र्यान र २८ वर्षकी स्काइ मायर्सले १९०० फिट उचाइमा साहासिक तस्विर खिचाएका थिए ।
गएको जूनमा मात्र आफू स्काइसँग बिहे गर्नको लागि पर्खन नसक्ने यानले बताएका थिए । यो जाडी लामो समय देखी प्रेममा रहेको थियो । द सनका अनुसार यी दुईका फोटोहरु फोटोग्राफर मेसन गार्डनरले खिचेका हुन् ।