पटक पटक संसद बैठक अवरुद्ध गरेपछि सभामुखबाट कानुनमन्त्री राखेर प्रतिपक्षसँग छलफल सुरु — OSNepal

पटक पटक संसद बैठक अवरुद्ध गरेपछि सभामुखबाट कानुनमन्त्री राखेर प्रतिपक्षसँग छलफल सुरु

LC (KTM) September 12, 2021 0

काठमाडौँ २७ भदौ । पटक पटक संसद बैठक अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले कानुनमन्त्री राखेर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदहरुसँग छलफल सुरु गरेका छन् ।

बुधबार देखि सुरु भएको संसद बैठकमा एमालेले अवरोध गर्दै आएको छ । आजको बैठकमा पनि बैठक सुरु भएसँगै एमालेले अवरोध गरेपछि सभामुखले १५ मिनेटको लागि बैठक स्थगित गरेका हुन् ।

एमालेसँगको छलफलमा सभामुखले आफ्नै चेम्बरमा गरेको छलफलमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की राखेका छन् । साथै प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र नेता खगराज अधिकारी पनि सहभागी रहेका छन् ।

एमाले माधव नेपालसहित १४ सांसदलाई कारवाही गरेको सुचना संसदमा प्रवेश गराए संसद अवरोध नगर्ने जनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर