पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने तीन जना पक्राउ — OSNepal

पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने तीन जना पक्राउ

LC (KTM) September 12, 2021 0

काठमाडौँ २७ भदौ । अस्पतालमा बम राखेर फिरौती माग्ने तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने तीन जनालाई प्रहरीले काठमाडौँ र धादिङबाट पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा धादिङका दुई जना र रोल्पा घर भएका एकजना युवक रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेका उनीहरुलाई आज दिउँसो पत्रकार सम्मेदन गरी सार्वजनिक गर्ने भएको छ ।

गत भदौ २५ गते अस्पतलमा बम राखेर अस्पतालका सञ्चालक किशोर प्रधानसँग ३ करोड फिरौती मागेका थिए ।

अस्पतालको शौचालयमा फेला परेको उक्त बम सेनाको एक टोलीले निष्क्रिय बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर