काठमाडौं २७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद बैठकमा नारावाजी गरेको छ ।
बैठकमा सभामुखले पटक पटक बैठक आरम्भ गर्न अनुरोध गरेपनि एमालेले नारावाजी लगाउन नछोडेकाले बेठक १५ मिनेटको लागि स्थगित भएको सभामुखले जनाएका छन् ।
बैठक सुर भएसँगै एमाले सांसदहरु बेल अठाडी आएर नारावाजी लगाउन सुरु गरेका हुन् ।
१४ जना सांसदलाई कारवाही नगरेको विषयमा एमालेले बुधबारदेखि संसद अवरोध गराउँदै आएको छ ।