संसद् बैठकमा अवरोध नगरी वार्ताको टेबलमा बस्न सभामुखको प्रतिपक्षलाई अपिल — OSNepal

संसद् बैठकमा अवरोध नगरी वार्ताको टेबलमा बस्न सभामुखको प्रतिपक्षलाई अपिल

LC (KTM) September 12, 2021 0

काठमाडौँ २७ भदौ । आजको संसद बैठक सभामुख अग्नि सापकोटाले संसद् बैठकमा अवरोध नगर्न प्रमुख प्रविपक्षी दल नेकपा एमालेसँग आग्रह गरेका छन् ।

आज आइतबार बसेको संसद बैठकमा समेत एमालेले अवरोध गरेपछि वार्ताको लागि टेबलमा बस्न आग्रह गर्दै सापकोटाले एमालेलाई यस्तो आग्रह गरेका हुन् ।

सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको भन्दै संवैधानिक संस्था कायम गर भन्दै एमालेले बेल घेराउ गरेको छ ।

सापकोटाले भनेका छन् , ‘सहकार्य र समन्वय गर्नैपर्छ । बैठक सहज बनाऔँ, संवादतिर जाऔँ । वातावरण सहज बनाऔँ । जनताको सर्वोच्च संस्थालाई त्यही थलको रुपमा अघि बढाऔँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर