सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा पाएन मन्त्रिपरिषद् विस्तारको विषयले प्राथमिकता — OSNepal

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा पाएन मन्त्रिपरिषद् विस्तारको विषयले प्राथमिकता

LC (KTM) September 12, 2021 0

काठमाडौं २७ भदौ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयबारे कुने छलफल नभएको बताइएको छ ।

सरकारको नेतृत्व गरेको दुई महिना पुग्ने लाग्दा पनि सरकारले पुर्णता पाएको छैन । आजको बैठकमा आज अहिले केहि बेरमा बस्ने संसद बैठकमा प्रतिपक्षको सामना कसरी गर्ने विषयमा छलफल भएको छ ।

बैठकले प्रतिपक्षी दल नेकपा एमालेसँग संसद अवरोध हटाउन वार्ता समेत गर्ने निणर्य गरेको छ ।कांग्रेस महामन्‍त्री पूर्णबहादुर खड्काले दिएको जानकारी अनुसार मन्‍त्रिपरिषद् विस्‍तारबारे छलफल भए पनि कुनै निर्णय नभएको बताइएको छ ।

खड्काले दिएको बताए अनुसार मन्त्रिपरिषद् विस्तार गर्न ढिलाको हुनुको कारण अध्यादेश भएको जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायतको उपस्थित रहेको थियो ।

देउवा नेतृत्वको हाल मन्त्रिपरिषद्‍मा चार मन्त्री र एक राज्यमन्त्री मात्रै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर