काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वार्ता गर्ने निणर्य गरेको छ ।
आज प्रधानमन्त्रीको सकारी निवास बालुवाटारमा बसेको सत्ता गठवन्धनको बैठकले संसद्को अवरोध हटाउन विपक्षी दलसँग वार्ता गर्ने निर्णय गरेको हो ।
करिव दुई घण्टा बसेको बैठकमा एमालेले गरेको संसद अवरोधको विषयमा महत्व पाएको छ ।
साथै बैठकमा सहभागी एक नेता दिएको जानकारी अनुसार मन्त्रिपरिषद् विस्तारको विषयमा भने कुनै छलफल नभएको जनाइएको छ । बैठक फेरि बस्ने गरि सकिएको बताइएको छ ।