नेकपा एमालेको संसदीय बैठक जारी — OSNepal

नेकपा एमालेको संसदीय बैठक जारी

LC (KTM) September 12, 2021 0

काठमाडौँ २७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको छ । बैठकमा आज केहि बेरपछि हुने संसद बैठकमा आफ्नो पार्टीले कस्तो भुमिका निभाउने विषयमा छलफल गरिने बताइएको छ ।

बुधबारबाट जारी संसद बैठकमा एमालेले आफ्नो विरोध प्रर्दशन गरिरहेको छ । आज बस्ने बैठकमा पनि विरोध गर्ने एमालेको योजना रहेको बताइएको छ ।

एमालेले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पार्टीले कारवाही गरेको १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै सापकोटाको भुमिकामाथि टिप्पणी गर्दै आएका छन् ।

शुक्रबार बसेको संसद बैठकमा पनि सपकोटालाई हान्न एमाले सांसदले प्रयास गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर