मुख्यमन्त्री शाक्य ओलीसँग नतमस्तक भएकाले अब केहि दिनमा नै समर्थन फिर्ता लिन्छौं : भुसाल — OSNepal

मुख्यमन्त्री शाक्य ओलीसँग नतमस्तक भएकाले अब केहि दिनमा नै समर्थन फिर्ता लिन्छौं : भुसाल

LC (KTM) September 12, 2021 0

काठमाडौं भदौ २७ । नेकपा (एकीकृत समाजवादी) का वेदुराम भुसालले बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बाटो बिराएको बताएका छन् ।

आज बिहान एक कार्यक्रममा सहभागी भएका नेता भुसालले मुख्यमन्त्री भएपनि आफ्नो समुहमा आउने माधव नेपालले आग्रह गरेको भएपनि शाक्यल अहिले केपी ओलीसँग नतमस्तक भएको भन्दै केहि दिनमा नै समर्थन फिर्ता लिने बताएका हुन् ।

कार्यक्रममा उनले भने , ‘मुख्यमन्त्री शाक्यले बाटो बिराउनुभयो । उहाँ हिजो माधव नेपालले उहाँलाई मुख्यमन्त्रीमा ‘जाने भए जानोस् तर हामीसँगै हुनुपर्छ’ भन्नुभएको थियो । अहिले केपी ओलीसँग नतमस्तक हुनुभएको छ । अहिले हामी अलग-अलग पार्टीमा छौं । त्यसैले उहाँलाई समर्थन गरिरहनुपर्ने बाध्यता छैन । हाम्रो पार्टीको संसदीय दलको बैठकले नेता चुन्छ र दुई वा तीन दिनभित्र समर्थन नरहेको प्रदेश प्रमुख र प्रदेश सभालाई पत्र जान्छ ।’

अबको वाग्मती प्रदेशमा मुख्यमन्त्री आफ्नो दलबाट राजेन्द्र पाण्डे हुने भुसालले जनाएका छन् । उनले भने, ‘अहिले गठबन्धनको सरकार बन्ने हो । त्यसमा हाम्रो स्वतः दाबी छ । अब बाग्मती र प्रदेश १ मा हाम्रो मुख्य मन्त्री हुन्छन्, सदूर पश्चिम र कर्णालीमा माओवादी केन्द्रको छँदै छ । जसपा प्रदेश २ मा छ । कांग्रेसको गण्डकी र लुम्बिनीमा सरकार बन्छन् ।’

कार्यक्रममा उनले आफ्नो पक्षबाट मनित्रपरिषद् विस्तारमा समस्या नभएको र राष्ट्रिय सहमतिबिना एमसीसी पारित नहुने पनि स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर