काठमाडौँ २७ भदौ । गठवन्धन सरकारले प्रतिपक्षको विरोधका बाबजुद पनि प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि आज पहिलो पटक संसद बैठकह बस्न लागेको हो ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको नवौँ अधिवेशन अन्तर्गत चौथो बैठकमा संघीय संसद् सचिवालयले सम्भावित २३ कार्यसूची तय गरेको छ ।
आजको संसद बैठकमा पनि विरोध जनाउने कार्य निरन्तरता दिने भन्दै थप रणनिति तय गर्न अहिले अपरान्ह्र १२ बजे नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ ।