प्रधानमन्त्री तथा गृहमन्त्रीको टेबुलको माइक समेत फालेका प्रतिपक्ष एमालेको प्रतिनिधिसभाको आजको बैठकमा कस्तो भुमिका रहला ? — OSNepal

प्रधानमन्त्री तथा गृहमन्त्रीको टेबुलको माइक समेत फालेका प्रतिपक्ष एमालेको प्रतिनिधिसभाको आजको बैठकमा कस्तो भुमिका रहला ?

LC (KTM) September 12, 2021 0

काठमाडौँ २७ भाद्र । आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । गत बुधबार देखि प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्दै आएपनि आज बस्ने बैठकमा पनि थप अवरोध गर्ने एमालेले जनाएको छ ।

यस विषयमा थप रणनीतिक बनाउन एमालेको आन संसदीय दलको बैठक बस्ने लागेको छ । गत शुक्रबार पनि एमालेले संसदमा विरोध गर्दै प्रधानमन्त्री तथा गृहमन्त्रीको टेबुलको माइक समेत फालिएका थिए ।

आजको बैठकमा सपथसम्बन्धी अध्यादेश २०७८, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेशलगायत स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

लगातार विरोध जनाउँदै आएको एमालेले आजको संसद बैठकमा के गर्छ र त्यसको सामाना कसरी गर्ने भन्ने विषयमा अहिले सत्ता पक्षको बैठक बस्न लागेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको भुमिकालाई लिएर रुष्ट बनेका प्रतिपक्षले सापकोटाको राजीनामा माग्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर