मादी–१ उमलिङको खोला गाउँमा एकै परिवारका ६ जनाको ह’ ‘त्या भएपछि २५ वर्षीय लोकबहादुर कार्की अनुसन्धान टोलीलाई खाना पकाउन सघाइरहेका थिए। उनले उक्त घटना आफूले पहिले देखेको भन्दै त्यसको प्रकृतिबारे सुनाइरहेका थिए।
उनले बडाबाबु ९तेजबहादुर कार्की०सहित ६ आफन्त गुमाउनुपरेकोमा बिलौना गर्ने गरेका थिए। तेजबहादुरको कोहीसँग रिसइबी नभएको, मिलनसार भएको बताउने गरेका थिए। सामाजिक काममा अग्रसर भएर काम गर्ने व्यक्ति रहेको उनको भनाइ थियो।
तर, उनका भाइ घटनाका बेला लगाएको सर्ट लगाएर बाहिर निस्किएपछि अनुसन्धान उनको परिवारमै केन्द्रित भयो। उक्त कपडा धोए पनि रगतको टाटा देखिएपछि गो’प्य रूपमा अनुसन्धान गर्दा सफलता मिलेको स्रोत बताउँछ। उक्त कपडासहित घटनामा प्रयोग गरेका सामान प्रहरीले ब’रा’मद गरेको छ। संखुवासभाका डीएसपी लालध्वज सुवेदीले भने थप अनुसन्धान भइरहेकाले आज ९आइतबार० इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी घटना विवरण सार्वजनिक गरिने जानकारी दिएका छन्।
लोकबहादुरले बौदमान कार्कीको परिवारका चार पुस्ताको ह’ ‘त्यामा आफ्नो सं’लग्नता स्वीकार गरेको अनुसन्धानमा सं’लग्न अधिकारीले बताएका छन्। उनी बौदमानका जेठो दाजुका नाति हुन्। उनको घर घटनास्थलबाट करिब डेढ–दुई सय मिटर दूरीमा छ।
तेजबहादुर सोमबार बिहान खेताला खोज्न निस्किएका बेला बाटो ढुकेर आ’क्र’म’ण गरी ह’ ‘त्या गरेको स्वीकार गरेको अनुसन्धानमा सं’लग्न अधिकारीको दाबी छ। तेजबहादुरले हेपेर बोली व्यवहार गर्ने गरेकाले उनको ज्या’न लि’एको बताएको जनाइएको छ।
रणबहादुरका अनुसार छोरा ९लोकबहादुर०ले ‘हजुरआमा ९पार्वता० बिरामी हुनुहुन्छ अरे, हेर्न जाऊँ’ भनेका थिए। त्यसपछि जाने क्रममा लोकबहादुर एक्कासि ‘मेरो बडीबुबा’ भनेर चि’च्याए।
छोराले तेजबहादुर सडकको भित्तामा मृत अवस्थामा देखेको रणबहादुरले प्रहरीसँग बताएका थिए। त्यसपछि लोकबहादुरले नै बडीआमा कमला र भाउजू रञ्जनाको शव देखेको बताएको जनाइएको छ। उनीहरू बाबुछोराले नै तेजबहादुर, कमला र रञ्जना मृत भेटिएको खबर गाउँलेलाई गरेका थिए।
अरूको शव देख्नुभन्दा पहिले छिमेकीले पार्वतालार्ई मुच्र्छा परेको होला भनेर घरमा लगेर राखेको जनाइएको छ। उनमा बेला–बेला बे’होस भइरहने समस्या थियो। प्रहरी पुग्दा उनको शव ओछ्यानमै थियो। उनका पति बौदमानले घटनाबारे चाल नपाएको बताए।
बौदमान कान कम सुन्ने, आँखा मधुरो देख्ने जनाइएको छ। तेजबहादुरको शव सडकछेउ घो’प्टो परेको, कमला र रञ्जना घरनजिक खोल्सीमा अनि दीपेन र गोमा घरमाथि खरबारीमा मृत भेटिएका थिए । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी, संघीय प्रहरी इकाइ धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरोबाट डीएसपी रुगम कुँवर र संखुवासभाका डीएसपी लालध्वज सुवेदीसहितका अधिकारी अनुसन्धानमा खटिएका थिए।
यत्रो नरसंहार एक्लै रु
एकै परिवारका ६ जनाको ह’ ‘त्या सोमबार बिहान एकै समयमा भयो। उक्त घटनामा सं’लग्न भएको आरोपमा प्रहरीले शुक्रबार आफन्त लोकबहादुलाई पक्राउ गरेको छ। तर, एक जनाबाट बिहान यस्तो घटना कसरी सम्भव भयो भन्ने प्रश्न उब्जिएको छ। घटनामा कुनै धा’रि’लो ह’ति’या’र प्रयोगसमेत भएको छैन। मृतकको टाउकोमा सामान्य चो’ट देखिन्छ। ६ जनाको शव चार स्थानमा करिब सय मिटर आसपास भेटिएको थियो।
घटना बिहान भए पनि कसैले देखेको र कराएको आवाजसमेत नसुनेको बयान स्थानीयले दिएका थिए। छरछिमेक पनि काममा निस्किने समयमा एक्लै लोकबहादुरले कसरी गरे ६ जनाको ह’ ‘त्या रु एक्लै छोटो समयमा यस्तो घटना गर्न नसक्ने अनुसन्धानले देखाउँछ। अन्य व्यक्ति पनि सं’लग्न भएको आ’शंकामा अनुसन्धानलाई जारी राखिने प्रहरीले जनाएको छ।यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
लोकबहादुर दुईपटक वैदेशिक रोजगारीमा गएका थिए। फर्किएर खेती किसानीमा लागे। कक्षा ८ सम्म पढेका उनी ६ वर्षअघि मलेसिया गए। त्यहाँबाट १० महिनामा घर फर्केर डेढ वर्षपछि कतारतिर उडे। त्यहाँबाट पनि नौ महिना नपुग्दै फर्किए। आमाको गत चैत २६ गते निधन भएपछि बुवा र भाइसहित तीन जना बस्दै आएका थिए।