कोरोन संक्रमित महिलाको शव लैजान शववाहन चालकले नमानेपछि फिल्मी शैलीमा वडाअध्यक्षले आँफै गाडी हाँकेर घाटसम्म पुर्याए — OSNepal

कोरोन संक्रमित महिलाको शव लैजान शववाहन चालकले नमानेपछि फिल्मी शैलीमा वडाअध्यक्षले आँफै गाडी हाँकेर घाटसम्म पुर्याए

LC (KTM) May 20, 2021 0

काठमाडौँ । सर्लाहीस्थित हरिवन नगरपालिकाको कोभिड अस्पतालमा ५५ वर्षीया शोभा भट्टराईको कोरोना संक्रमणबाट निधन भयो । स्थानीयहरु डराए । वैशाख ३१ गते कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेकी शोभालाई श्वासप्रश्वासमा समस्या भएपछि सोमबार राति काृरोना अस्पताल लगियो । अस्पतालमा उनलाई अक्सिजन दिएर उपचार अगाडी बढाइएको भएता पनि मङ्गलबार मृत्यु भएपछि उनको शवलाई शववाहन चालकले घाटसम्म लैजान मानेनन् । त्यसपछि केहीबेर खल्लबल्ल भयो ।

संक्रमित महिलाको मृत्यु भएपछि अस्पतालले वडाअध्यक्षलाई फोन गरेर शव ब्इबस्थापन गर्न आग्रह गर्यो । हरिवन नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शेख महेबुब रेजाले मेयरलाई सम्पर्क गरेर सल्लाह गरे । हरिवन नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शेख महेबुब रेजाले शव वाहनका चालकलाई फोन गरेर बोलाए । चालकले आँफुलाई पनि सन्चो नभएको बताएपछि वडा अध्यक्ष रेजाले आँफै चालकको घरमा पु्गेर शववाहन चलाएर अस्पताल आए ।

उनले कार्यालयमा रहेको पिपिई सेट र पञ्जा लगाए । सेनाको सहयोगमा शव गाडीमा हालियो । र आफ्नो जिम्मेवारी ठानेर वडाअध्यक्षले शव घाटमा पुर्याए र सेनाले दाहसंस्कार गर्यो । संसार नै संक्रमणमा गुज्रिएको अवस्थामा सबै तहका जनप्रतिनिधिले आफूलाई सुरक्षित राख्दै खटेर काम गर्नुपर्ने बेलामा भाग्न नहुने भन्द्यै आफ्नो धर्म सम्झेर आँफुले शव ब्यबस्थापनदेखि आइपरेका सारा काम गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर