वैचारिक निष्ठा, त्याग र समर्पणका प्रतिक बनेका गोञ्जालोको निधनले क्रान्तिको एउटा मोडेलको अन्त्य भयो : प्रचण्ड — OSNepal

वैचारिक निष्ठा, त्याग र समर्पणका प्रतिक बनेका गोञ्जालोको निधनले क्रान्तिको एउटा मोडेलको अन्त्य भयो : प्रचण्ड

LC (KTM) September 12, 2021 0

काठमाडौँ २७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पेरु कम्युनिस्ट पार्टीका नेता कमरेड गोञ्जालोको निधनले क्रान्तिको एउटा मोडेलको तत्कालका लागि अन्त्य भएको बताएका छन् ।

नेता प्रचण्डले ट्वीटर मार्फत वैचारिक निष्ठा, त्याग र समर्पणका प्रतिक बनेका कमरेड गोञ्जालोप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका हुन् ।

पेरुमा सशस्त्र क्रान्ति थालेका उनी आतंक फैलाएको आरोपमा सन् १९९२ देखि आजीवन काराबासको सजायँ भोग्दै आएका गोन्जालोको ८६ वर्षको उमेरमा कारागारमै हिजो शनिबार निधन भएको थियो ।

‘पेरु कम्युनिस्ट पार्टीका नेता कमरेड गोञ्जालोको निधनले क्रान्तिको एउटा मोडेलको तत्कालका लागि अन्त्य भएको छ ; प्रचण्डले भनेका छन्, ‘वैचारिक निष्ठा, त्याग र समर्पणका प्रतिक बनेका कमरेड गोञ्जालोप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर