मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा सत्ता गठवन्धनको बैठक बस्दै — OSNepal

मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा सत्ता गठवन्धनको बैठक बस्दै

LC (KTM) September 12, 2021 0

काठमाडौँ २७ भदौ । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा सत्ता गठवन्धनको बैठक आज बस्ने भएको छ ।

बैठक अहिले बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने स्रोतले जनाएको छ । गठवन्धन दललाई मन्त्रीको नाम दिन आग्रह गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज पुन यस विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

सरकारको नेतृत्व गरेको दुई महिना पुग्न लाग्दा पनि सत्ता गठवन्धनले सरकारलाई पुर्णता दिन भने सकेको छैन । देउवा नेतृत्वमा हाल अहिले सम्म चार मन्त्री र एक राज्यमन्त्री मात्र रहेका छन् ।

स्रोतले दिएको जानकारी अनुसार आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको विषयमा पनि छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर