एमाले उपाध्यक्ष रावलले भने - अहिलेको अवस्थामा एमसीसी राष्ट्रघाती छ — OSNepal

एमाले उपाध्यक्ष रावलले भने – अहिलेको अवस्थामा एमसीसी राष्ट्रघाती छ

LC (KTM) September 11, 2021 0

अमेरिकाले सहयोग गर्ने भन्दै ल्याएको परियोजना एमसीसीका बिषयमा ठुला नेताहरु चुप नै रहेका छन् । तर एमसीसीका बारेमा सुरु देखी नै बिरोध गर्दै आएका छन् नेकपा एमालेका उपाध्यक्ष भीम रावलले । उनले एमसीसी सम्झौता अहिलेकै अवस्थामा अनुमोदन गर्नु राष्ट्रघात हुने दाबी समेत गरेका छन् ।

एमसीसी उपाध्यक्ष फातिमा सहितको टोलीले नेपालका शिर्ष दलका नेताहरु संग भेट गरे लगत्तै उपाध्यक्ष भीम रावलले शनिबार राति ट्विट गर्दै अहिलेको अवस्थामा एमसीसी राष्ट्रघाती रहेको दाबी गरेका हुन् ।

उनले ट्वीट गर्दै भनेका छन् “बाह्य शक्तिको स्वार्थका पृष्ठपोषकहरू राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानको कुरा सुन्नासाथ उत्तेजित हुन्छन् । त्यस्तै उनले भनेका छन् “उपनिवेश वा बाह्य शक्तिको हस्तक्षेपमा रहेका देश, सरकार र नेताले मात्र राष्ट्रिय हितका कुरा गर्दैनन्, अरूले गर्छन् । एमसीसी सम्झौता यथावत् अनुमोदन गर्नु राष्ट्रघात हुन्छ ।”

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी बारे खुलेर नबोलिरहेको बेला उपाध्यक्ष रावलको यो ट्वीटले एमाले भित्र निक्कै ठुलो तरंग समेत ल्याई दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर