डेब्यु खेलमै नायक बने रोनाल्डो , युनाइटेडका तर्फ बाट गरे महत्वपुर्ण २ गोल — OSNepal

डेब्यु खेलमै नायक बने रोनाल्डो , युनाइटेडका तर्फ बाट गरे महत्वपुर्ण २ गोल

LC (KTM) September 11, 2021 0

क्रिस्टियानो रोनाल्डोले आफ्नो डेब्यु खेलमै दमदार खेल देखाएका छन् । इंग्लिस प्रिमियर लिग फुटबल अन्र्तगत आज भएको खेलमा रोनाल्डोले म्यानचेस्टर युनाईटेडका लागि महत्वपुर्ण २ गोलको योगदान दिए । यस संगै लिगमा युनाइटेडले सहज जित निकालेको छ ।

युनाईटेडले न्युकासल युनाईटेडलाई एकका बिरुद्ध चार गोलले पराजित गरेको हो । घरेलु मैदानमा युनाईटेडलाई शानदार जित दिलाउन क्रममा डेब्यु खेलाडी रोनाल्डोले दुई गोल गरे भने ब्रुनो फर्नान्डेज र जेसे लिंगार्डले एक एक गोलको योगदान दिए ।

न्युकासलका जाभियर मानक्विइलोले सान्त्वना स्वरुप एक गोल फर्काएका थिए । आजको जितसँगै युनाईटेड तालिकाको शीर्ष स्थानमा उक्लन सफल भएको छ । युनाईटेडले ४ खेलमा १० अंक जोडेको छ ।न्युकासल १ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर