डेब्यु खेलमै युनाइटेडका तर्फ बाट रोनाल्डोको गोल — OSNepal

डेब्यु खेलमै युनाइटेडका तर्फ बाट रोनाल्डोको गोल

LC (KTM) September 11, 2021 0

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडबाट आज डेब्यु गरेका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले गोल गर्न सफल भएका छन् । युनाइटेड बाट १२ बर्ष पछि दोस्रो इनिङ्स सुरु गरेका रोनाल्डोले पहिलो खेलमै आफ्नो खेलको जादु देखाएका हुन् ।

आज न्युक्यासलविरुद्ध पहिलो रोजाइको रुपमा अवसर पाएका रोनाल्डोले पहिलो हाफको इन्जुरी समयमा गोल गर्न सफल भएका हुन् । युनाइटेड पहिलो हाफको खेल सकिदा १–० ले अगाडी रहेको छ । रोनाल्डोको गोल बाटै युनाइटेडले अग्रता बनाएको हो । रोनाल्डो यसै सिजन युनाइटेड फर्किएका थिए ।

लामो समय स्पेनको रियल मड्रिडमा बिताएका रोनाल्डोले दुई सिजन इटालीको युभेन्ट्सबाट समेत खेले । करियरको उतरार्धमा आइपुगेका रोनाल्डोले युनाइटेडबाट दोस्रो इनिङ्स सुरु गरेका हुन् । उनको यो गोलले युनाइटेडलाई जितको ठुलो राहत मिलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर