ईपीएलमा बिराटनगरका तर्फबाट वेष्ट इण्डिजका हेमराज चन्द्रपल अनुबन्धित — OSNepal

ईपीएलमा बिराटनगरका तर्फबाट वेष्ट इण्डिजका हेमराज चन्द्रपल अनुबन्धित

LC (KTM) September 11, 2021 0

नेपालको एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटका लागि एकदमै चर्चित बन्न थालेको छ । ईपीएलमा बिदेशी खेलाडी समेत अनुबन्ध हुने क्रमले नेपालको क्रिकेटको उचाई अलि माथि नै उठेको समेत छ । आफ्नो टिममा बिदेशी नाम चलेका क्रिकेट भित्र्याउने होड नै चलेको छ ।

यसैक्रममा वेस्ट इन्डिजका हेमराज चन्द्रपल पनि चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल टीट्वान्टी क्रिकेट प्रतियोगितामा देखिने भएका छन् । उनी यसपटक बिराटनगर वारियर्स बाट प्रतिष्पर्धा गर्नेछन् ।

ब्याट्सम्यान हेमराजलाई विराटनगरले शनिबार तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरिएको जनाएको छ। हेमराज वेस्ट इण्डिजका एकदमै चलेका खेलाडीको रुपमा रहेका छन् । उनले वेस्ट इन्डिजका लागि ६ एकदिवसीय अन्तराष्ट्रिय समेत खेलिसकेका छन् ।

विराटनगरले यस अघि जिम्बावेका अलराउण्डर सिकन्दर राजा र क्यानडाका रायन पठानलाई अनुबन्ध गरेको थियो । ईपीएल क्रिकेट भने यही असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुन लागि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर