कागेश्वरी महादेव मन्दिर जाने भक्तजनको दिनहुँ भीड, मन्दिर जाने सिँढीमा १५०० वृक्षरोपण — OSNepal

कागेश्वरी महादेव मन्दिर जाने भक्तजनको दिनहुँ भीड, मन्दिर जाने सिँढीमा १५०० वृक्षरोपण

LC (KTM) September 11, 2021 0

काठमाडौँ- काठमाडौँको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–१ मा रहेको कागेश्वरी महादेव मन्दिर जाने सिँढीको दायाँबायाँ क्षेत्रमा वृक्षरोपण गरिएको छ । कागेश्वरी मन्दिर जानेबाटोमा निर्माण गरिएको एक हजार सिँढीको दायाँबायाँ स्थानीयले घरमै तयार पारेको करिब एक हजार ५०० फलफूल र विभिन्न जातका रुखका हुर्केका बिरुवा रोपिएको हो । वाग्मती प्रदेशसभा सदस्य रामेश्वर फुँयालले कागेश्वर महादेव मन्दिर धामका रूपमा स्थापित गर्न एक दशकअघि देखि अभियान चलाउँदै आउनुभएको छ ।

कागेश्वरी धामको विकासका लागि चालु आर्थिक वर्षमा वाग्मती प्रदेश सरकारले रु २० लाख बजेट विनियोजन गरेको छ । यसैगरी नगरपालिकाले रु ६० लाख विनियोजन गरेको छ । गोकर्ण–तारेभीर, सुन्दरीजल–कागेश्वरीधाम, लोकतान्त्रिक शहीद उद्यान–मणिचुड, बज्रयोगिनी–जहरसिंहपौवालाईं पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ काम भइरहेको प्रदेशसभा सदस्य फुयाँलले जानकारी दिनुभयो । कागेश्वरी महादेव मन्दिरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मेला लाग्ने गर्छ । यस दिन यहाँको महादेव मन्दिर पूजा आराधना गरेमा काग स्पर्शबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर