अमेरिकामा एक जना ब्यक्तिलाई सिमेन आक्रमणको लागि १० बर्षको जेल सजाय भएको छ । एक ब्यक्तिले एक जना महिला माथि आफ्नो बीर्यले भरिएको सुइ बाट आक्रमण गरेका थिए । ति ब्यक्तिले किराना दोकानमा सपिंग गरिरहेकी एक महिलाको शरीरमा बीर्यले भरीएको सुइले घोचि दिएका थिए ।
द सन न्युज रिर्पाेटका अनुसार मेरील्याण्ड को सुपरमार्केटमा केटी पीटर्स नाम गरेकी एक महिला सपिंग गर्नका लागि आएकी थिईन् । सोही क्रममा एक ब्यक्ति थोमस ब्रायन स्टेमनले महिलाको शरीरमा आफ्नो बीर्यले भरीएको सुईले घोचि दिएका थिए । ५१ बर्षिय थोमसले एकदमै चलाखी पुर्ण तरिकाले ति महिला माथि बीर्य आक्रमण गरेका थिए ।
यति मात्र हैन जब सुई ति महिलाको शरीरमा थोमसले घोचि दिए त्यसपछि महिला लाई भनेका थिए– मलाई थाहा छ यो मौरीको टोकाई जस्तो छ हैन ? सुई घोचेपछि उनी चुपचाप तिनै महिलाको अगाडि उभिइरहन्छन् । रिर्पाेटका अनुसार यो आक्रमण फेब्रअरी २०२० मा भएको थियो ।
यो घटना स्टोर रुममा लगाइएको क्यामरामा कैद समेत भएको थियो । थोमसको यो हर्कतका कारण पुलिसले उनलाई कारबाही अघि बढाएको थियो । १८ महिना पछि थोमसलाई १० बर्षको सजाय सुनाइएको हो ।