ऋषेश्वर महादेव मन्दिर सर्वसाधरणका लागि खुला — OSNepal

ऋषेश्वर महादेव मन्दिर सर्वसाधरणका लागि खुला

LC (KTM) September 11, 2021 0

काठमाडौँ- काठमाडौँको टेकुस्थित ऋषेश्वर महादेव मन्दिर ऋषि पञ्चमीका दिन आज सर्वसाधरणका लागि खुला गरिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन खुला हुने उक्त मन्दिर स्वास्थ्य मापदण्ड कायम गरी खुला गरिएको छ । भीड कम हुने गरी दर्शनको व्यवस्था मिलाइएको उक्त मन्दिरमा सप्तऋषिको पूजाआराधना गर्न भक्तजन आएका छन् । कोभिड–१९ को महामारीका कारण उक्त मन्दिर गत वर्ष बन्द गरिएको थियो ।

काठमाडौँ महानगरपालिका–१२ स्थित सो मन्दिरमा महिलाले विशेषगरी विधिपूर्वक सप्तऋषिको पूजा गरेका छन् । कश्यप, अत्रि, भारद्वाज, गौतम, यमदग्नि, वशिष्ठ र विश्वामित्रलाई सप्तऋषि भनिन्छ । काठमाडौँ महानगरपालिका–१२ का वडाध्यक्ष विकास डङ्गोलले भक्तजनको आग्रहअनुसार मन्दिर खुल्ला गरिएको जानकारी दिनुभयो ।

“दर्शनार्थीलाई स्वास्थ्य समस्या भएमा वडाको स्वास्थ्य क्लिनिक र रेडक्रसको सहयोगमा स्थानीय बुद्ध माइ सेन्टर अस्पताल लैजाने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो । भीड कम गर्न कुनै पनि सङ्घसंस्थाको प्रतिनिधिलाई स्वयम्सेवकका रुपमा राखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर