चितवनमा कोरोना सङ्क्रमणबाट थप नौ जनाको मृ त्यु — OSNepal

चितवनमा कोरोना सङ्क्रमणबाट थप नौ जनाको मृ त्यु

LC (KTM) May 20, 2021 0

चितवन- कोरोनाको सङ्क्रमणका कारण जिल्लामा नौ जनाको मृ त्यु भएको छ । यहाँका भरतपुर अस्पताल, चिवतन मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरुको मृ त्यु भएको हो ।

भरतपुर अस्पतालमा दुई, क्यान्सर अस्पतालमा तीन, पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र पुष्पाञ्जली अस्पतालमा एक जनाको मृत्यु भएको छ । मृ त्यु हुनेमा तीन चितवनका रहेका छन् भने अन्य बाहिरी जिल्लाका हुन् ।

सिद्धिविनायकको अक्सिजन क्षमता बढाइयो

कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)को व्यवस्थापनमा सञ्चालित सिद्धिविनायक अक्सिजन ग्यास उद्योगको क्षमता वृद्धि गरिएको छ । गैँडाकोटमा रहेको उक्त उद्योगमा नयाँ मेसिन थप गरी क्षमता वृद्धि गरिएपछि अब दैनिक १६० सिलिण्डर अक्सिन थप उत्पादन हुने भएको हो ।

अस्पतालका आवासीय निर्देशक डा मनोहर प्रधानका अनुसार बुधबारबाट नयाँ उपकरण सञ्चालनमा आएको छ । उत्पादन शुक्रबारबाट शुरु हुनेछ । यसअघि उक्त उद्योगबाट दैनिक ४०० सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको थियो । नयाँ मेसिन थप गरिएसँगै अब दैनिक ५६० सिलिण्डर उत्पादन हुने छ । सो अस्पतालले दैनिक ३०० सिलिण्डर खपत गर्दछ । बाँकी अन्य अस्पतालका लागि प्रयोग गर्न सकिने छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमराज लामिछानेले उद्योगलाई क्षमता वृद्धि गर्न सहजीकरण गरेसँगै नयाँ मेसिन जडान गरी उत्पादन बढाउन सकिएको बताउनुभयो । यसले जिल्लामा कोभिड सङ्क्रमितको उपचारमा थप सहजता हुने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर