गण्डकी विश्वद्यिालयको डिनमा डा कपिल अधिकारी नियुक्त — OSNepal

गण्डकी विश्वद्यिालयको डिनमा डा कपिल अधिकारी नियुक्त

LC (KTM) September 11, 2021 0

गण्डकी, २६ भदौ- गण्डकी विश्वद्यिालयको डिनमा डा कपिल अधिकारी नियुक्त हुनुभएको छ । विश्वविद्यालयद्वारा डिन नियुक्तिका लागि उपकुलपति प्रा डा नवराज देवकोटाको संयोजकत्वमा गठित समितिले डा अधिकारीलाई डिनमा नियुक्त गरेको हो ।

अमेरिकाबाट भौतिकशास्त्र विषयमा विद्यावारिधि हासिल गर्नुभएको डा अधिकारीले नियुक्तिसँगै शुक्रबार पदबहालीसमेत गर्नुभएको छ । स्थापनाको दुई वर्ष पनि नपुग्दै विश्वविद्यालयका कुलपति, उपकुलपति, रजिष्ट्रार, केही प्रध्यापक र कर्मचारीसहित साइन्स एण्ड टेक्नोलोजी (विज्ञान तथा प्रविधि सङ्काय)को डिन पदमा राष्ट्रिय प्रतिस्पर्धाका आधारमा डा अधिकारीलाई छनोट गरिएको उपकुलपति देवकोटाले जानकारी दिनुभयो ।उहाँका अनुसार डा अधिकारीको वैदेशिक अध्ययनको अनुभवले विश्वविद्यालयलाई अध्ययन–अध्ययापनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुने विश्वास लिइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर