महाशाखाले भन्यो- तत्काल भारी वर्षाको सम्भावना छैन — OSNepal

महाशाखाले भन्यो- तत्काल भारी वर्षाको सम्भावना छैन

LC (KTM) September 11, 2021 0

काठमाडौं, २६ भदौ-मौसम पूर्वानुमान महाशाखाले तत्काल भारी वर्षाको सम्भावना नरहेको जनाएको छ । मौसमविद्का अनुसार मनसुनको न्यून चापिय रेखा औसतभन्दा दक्षिण अर्थात् भारततिर छ । जसकारण ठूलो वर्षाको सम्भावना छैन ।

तर, हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ । काठमाडौैं उपत्यकामा शनिबार बिहान घाम लागेको छ ।
दिउँसो र राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ ।सोमबार राति भने प्रदेश १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर