श्रीलंकाविरुद्धको पहिलो टी ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रीका बिजयी — OSNepal

श्रीलंकाविरुद्धको पहिलो टी ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रीका बिजयी

LC (KTM) September 10, 2021 0

घरेलु टिम श्रीलंकाविरुद्धको पहिलो टी ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रीका बिजयी भएको छ । कोलम्बोमा आज भएको खेलमा दक्षिण अफ्रीकाले श्रीलंकालाई २८ रनले पराजित गर्दै बिजयी भएको हो ।

तीन खेलको यस सिरिजमा दक्षिण अफ्रीकाले एक शुन्यको को अग्रता समेत बनाएउन सफल भएको छ । दक्षिण अफ्रीकाले श्रीलंका सामु १ सय ६४ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउँदै जवाफि ब्याटिंगमा उत्रिएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सकेको थियो ।

श्रीलंकाका दिनेश चण्डीमालले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै चामिका करुनारत्नेले अविजित २२ रन जोड्दा कप्तान डासुन शनकाले १६ रन बनाएका थिए। यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर