अफगानिस्तानमा बिद्रोही तालिवानले कब्जा जमाएको छ । उसले नेटोले देश छोडे लगत्तै केही दिनमै अफगानिस्तान पुरा आफ्नो नियन्त्रणमा लिएर सत्ता चलाउन सुरु गरिसकेको छ । अफगानीहरु तालिवानको डरले देश छोडेर हिड्ने लर्काे पनि उत्तिकै देखिएको छ ।
यसैक्रममा विश्व खाद्य कार्यक्रमका क्षेत्रीय निर्देशक एन्थिए वेबले एक डरलाग्दो तथ्य उजागर गरेकी छिन् । उनले अफगानिस्तानमा ९० प्रतिशत अफगानीहरुलाई खाद्यान्नको अभाव भएको बताएकी छिन् । विश्व खाद्य कार्यक्रमका अनुसार १० मध्ये ९ परिवारले पर्याप्त खाना खान समेत पाएका छैनन् ।
उनीहरु खाद्यान्न बाट बञ्चित भएको तथ्य सार्वजनिक भएको हो । अगस्त १५ मा तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि खाद्यान्नमा चरम संकट सिर्जना भएको छ। परिवारका सदस्यहरुले खाना कम खाने, वयस्कहरुले खाना जोगाएर बच्चाहरुलाई पर्याप्त खाना दिने लगायतका कामहरु भईरहेको उनले बताएकी छिन् ।
१७ जुनदेखि ५ सेप्टेम्बरसम्म करिब एक हजार ६०० परिवारलाई गरिएको र्यान्डम फोन कलबाट उक्त निष्कर्ष निकालिएको विश्व खाद्य कार्यक्रमले जनाएको छ । खाद्यान्न नै अभाव भएपछि त्यहाको अवस्था कस्तो भईरहेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।