देशमा के त्यस्तो परिस्थिति आयो र नवनियुक्त प्रधानसेनापतिले गरे यस्तो प्रतिबद्धता — OSNepal

देशमा के त्यस्तो परिस्थिति आयो र नवनियुक्त प्रधानसेनापतिले गरे यस्तो प्रतिबद्धता

LC (KTM) September 10, 2021 0

देशको प्रधानसेनापति कुनै बिशेष परिस्थिती नआईकन प्राय बोल्ने गर्दैनन् । तर नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले देशको परिस्थितिको ब्याख्या गर्दै सेनाको सामु थप चुनौती रहेको दाबी गरेका छन् ।

उनले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरण अनिश्चित, अस्थिर र जटिल रहेको वर्तमान परिस्थितिमा सेना सामु थप चुनौती देखापरेको बताएका हुन् । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि उनले आज पहिलो पटक सकल दर्जालाई सम्बोधन गर्दै यस्तो कुरा बताएका हुन् ।

उनले संबिधान भित्रै रहेर राष्ट्रहित र स्वार्थको संरक्षण एवं प्रवद्र्धन गर्नका लागि सेना सदैव तयार रहेको समेत बताए । उनले देशको हित नै नाको पहिलो कर्तव्य भएको पनि संबोधनका क्रममा स्पष्ट पारेका छन्।

प्रधानसेनापति शर्माले सरकारद्वारा राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीति जारी भइसकेको बताउँदै सोही अनुरुपका राष्ट्रिय सैनिक रणनीतिको निर्माण र वैधता प्राप्त गर्दै सैनिक मूल ग्रन्थ पुनरावलोकन गरिने बताए । उनले सेना लामो कालखण्डदेखि नै प्रणाली र पद्धतिमा आधारित सङ्गठन रहेको र भोली समेत रहने प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर