रोनाल्डो भोली म्यानचेस्टर युनाइटेडका तर्फ बाट न्युक्यासल बिरुद्धको खेलमा मैदानमा उत्रदै — OSNepal

रोनाल्डो भोली म्यानचेस्टर युनाइटेडका तर्फ बाट न्युक्यासल बिरुद्धको खेलमा मैदानमा उत्रदै

LC (KTM) September 10, 2021 0

रोनाल्डोका फ्यानहरुका लागि खुशीको खबर आएको छ । केही समय अघि म्यानचेस्टर युनाइटेड फर्किएका क्रिस्टियानो रोनाल्डोले भोलि क्लबबाट पहिलो खेल खेल्ने पक्का भएको छ । प्रशिक्षक ओले गुनर सोल्सायरले यो कुराको पुष्टि गरेका हुन् ।

उनले शनिबार न्युक्यासलविरुद्धको खेलमा रोनाल्डो मैदानमा उत्रने दाबी गरेका छन् । उनले यस हप्ता रोनाल्डोले आफुहरु संग एकदमै राम्रो समय बिताएको बताउँदै अब मैदानमा उतार्ने पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

रोनाल्डोले यसअघि युभेन्ट्सबाट प्रि–सिजन खेल समेत खेलेका थिए । उनले विश्वकप छनोट अन्तर्गत पोर्चुगलबाट समेत पुरा समय खेलेका थिए । ५ पटकका फिफा वालेन डि ओर खेलाडीले युनाईटेडमा गत मंगलबारबाट अभ्यास गरिहेका छन् । रोनाल्डो यसै सिजन युनाइटेड फर्किएका हुन् । उनले युनाइटेडसँग २ वर्षको सम्झौता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर