स्व. मदन भण्डारी र जिवराज आश्रितको शालिक अनावरण — OSNepal

स्व. मदन भण्डारी र जिवराज आश्रितको शालिक अनावरण

LC (KTM) September 10, 2021 0

भक्तपुुर, २५ भदौ- नेकपा एमालेका तत्कालिन महासचिव स्व.मदन भण्डारी र सङ्गठक जीवराज आश्रितको शालिक अनावरण गरिएको छ । सूर्यविनायक नगरपालिका–४ दक्षिण बाराहीमा रहेको मदन–आश्रित हरित पार्कमा निर्माण भएको शालिकको आज सांसद महेश बस्नेत र वाग्मती प्रदेशसभा सदस्य तथा मदन भण्डारी फाउण्डेसन भक्तपुर जिल्ला अध्यक्ष शशीजङ्ग थापाले संयुक्तरुपमा अनावरण गर्नु भएको हो ।

फाउण्डेसन भक्तपुरको व्यवस्थापन तथा सूर्यविनायक नगरपालिका–४ को आयोजनामा भएको कार्यक्रममा २०५० सालमा निर्माण भएको भूकम्पले भत्किएर जीर्ण बनेको मदन–आश्रित विश्राम स्थल, मदन–आश्रित हरित पार्कको पुनःनिर्माण सम्पन्न भएको हो । कार्यक्रममा सांसद बस्नेतले मदन भण्डारी व्यक्ति नभई विचार भएको भन्दै जनताको बहुदलीय जनवाद मान्दै आएको एमाले आजसम्म त्यसैको अनुशरण गर्दै उपलब्धी हासिल गर्दै आएको चर्चा गर्नुभयो ।

प्रदेशसभा सदस्य थापाले प्रदेशको करिब ८० लाखको बजेटबाट दक्षिण बाराही पार्क, २० लाखको बजेटबाट मदन–आश्रित हरित पार्क, शालिक, विश्रामस्थलको पुनःनिर्माण र ढुङा छपाइ गरेर थोरै रकमबाट पनि धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत भएको बताउनुभयो ।
। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर