नेपालले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी पीएनजी लाई २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भईरहेको खेलमा नेपालले ४९. ३ ओभरमा अलआउट हुदै २३३ रनको स्कोर बनाए संगै पीएनजीले २३४ रनको लक्ष्य पछ्याएको हो ।
आजको नेपालको सुरुवातीमा धर्मराएको ब्याटिंगलाई रोहीत कुमार पौडेल र करण केसीले उकासेका थिए । करणले १२३ बलमा ८६ रन बनाउन सफल भए । त्यस्तै नेपालका लागि ज्ञानेन्द्र मल्लले ४५ तथा करण केसीले ४२ रनको योगदान दिएका थिए । आजको खेलमा रोहीत चम्किदा नेपालले एकदमै राम्रो स्कोर बनाउन सकेको हो ।