नेपालको धर्मराएको ब्याटिंग उकास्दै रोहीत र करण , रोहीत शतकको नजिक, करण केसी बिस्फोटिंग ब्याटिंगका साथ अर्धशतक नजिक — OSNepal

नेपालको धर्मराएको ब्याटिंग उकास्दै रोहीत र करण , रोहीत शतकको नजिक, करण केसी बिस्फोटिंग ब्याटिंगका साथ अर्धशतक नजिक

LC (KTM) September 10, 2021 0

नेपालले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अहिले पपुवा न्युगिनी पीएनजी सँग प्रतिस्पर्धा गरिरहेको छ । यी दुबै टिमबीचको खेल जारी रहेको छ । यो समाचार तयार पार्दा सम्मको अवस्थामा नेपालले ४७ ओभरमा ६ विकेटको क्षतीमा २१७ रन बनाएर खेलिरहेको छ ।

नेपालले सुरुवाती चरणका ओपनरहरुलाई एकदमै सस्तोमा गुमाएको थियो । ओमानको अल अमिरात क्रिकेट मैदानमा भईरहेको खेलमा खस्किएको ब्याटिंगलाई रोहीत पौडेलले उकासि रहेका छन् । उनले पीएनजी बिरुद्ध अर्धशतक बनाईसकेका छन् भने अब शतकको नजिक रहेका छन् ।

उनी संगै साझेदारी गर्न आएका सोमपाल कामीले पनि १८ बलमा ११ रन जोड्दै छैटो विकेटको रुपमा आउट भएका थिए । अहिले क्रिजमा रोहीत लाई साथ दिन करण केसी आएका छन् । उनले एकदमै आक्रमक ब्याटिंग गरिरहेका छन् । उनले यो समाचार तयार पार्दा सम्म ४ छक्का सहित अर्धशतकको नजिक पुगेका छन् । उनले ४२ रन जोडिसकेका छन् । त्यस्तै रोहीत ८५ रनका साथ खेलिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर